१० अर्ब लागतमा बन्ने कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत सम्पन्न « Khabarhub

१० अर्ब लागतमा बन्ने कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत सम्पन्न


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ ।

झण्डै रु १० अर्ब लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेघावाट क्षमताको सानीगाड जलविधुत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ ।

१५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युतगृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।

सन २०१७ देखि निमार्ण शुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भुगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनिले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भइरहेको छ ।

टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विधुतीय उपकरण जडानको काम भईरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए ।

उनले भने – ३८.४६ मेघावाटको अपरकालङ्गामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौँ । सन् २०२० भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाई भएको हो । काममा ढिलाई हुँदा लागत पनि बढेको छ ।

सुदुरपश्चिम लगायत देशमा हजारौंको सङ्ख्यामा रोजगारी सिर्जना हुने र निर्माण सम्पन्न भएपछि ३५० भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् ।

यो आयोजनाले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदुरपश्चिमको विकासका लागि कोसेढुङ्गा सावित हुने कालङ्गा हाइड्रो प्रालीका संस्थापक वीरेन्द्र मल्लले बताए । यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पदार्थ छन् । विधुत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ ।

आयोजना निमार्ण शुरु भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाइरहेका छन् । हिजोका दिनमा रोजगारका लागि विदेशिने युवा हाल यसै आयोजनामा काम गरी रहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताए ।

जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैङ्कको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यापारीको लगानी छ । निजि क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ ।

प्रक्रियामै समय लाग्ने भएकाले शेयर निष्काशनमा केही ढिलाई हुने जनाइएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुँजिको सुरक्षा नहुने भए पछि निजि क्षेत्र लगानी गर्न मानिरहेका छैन । निजि क्षेत्रको लगानीका विषयमा सरकारले एक पटक सोच्नु जरुरी छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ०२ बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका