प्रधानमन्त्रीले गरे ३१ ढुंगा राखेर ३१ वटा पुलको शिलान्यास « Khabarhub

प्रधानमन्त्रीले गरे ३१ ढुंगा राखेर ३१ वटा पुलको शिलान्यास


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी चुरे राजमार्गमा पर्ने ३१ वटा पुलको  संयुक्त शिलान्यासको घोषणा गरेका छन् । उनले झापाको दमकबाट ३१ पुलको शिलान्यास गरेका हुन् ।

विभिन्न योजनाहरुको शिलान्यासका लागि गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा आएका ओलीले दमक २ मा पर्ने रतुवा खोलामा बन्ने पुलको शिलान्यास गरी राजमार्गको पूर्वी खण्डमा निर्माण हुने ३१ ओटा पुल संयुक्त शिलान्यास भएको घोषणा गरेका हुन् ।

सो स्थानमा ३१ ओटा ढुंगा राखी शिलान्यास गरिएको र प्रत्येक पुलमा ती ढुंगा लगेर निर्माण कार्य अघि बढाइने ओलीको सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री ओली मदन भण्डारी चुरे राजमार्ग निर्माण कार्यलाई द्रुत अघि बढाएको भन्दै राजमार्ग क्षेत्रमा पर्ने स्थानीय तहहरुको तर्फबाट संयुक्त रुपमा सम्मान समेत गरिएको थापाले बताए ।

आइतबार नै ओलीले कमल २ मा पर्ने कमल खोला, दमक १० मा पर्ने मावा खोला, सोही वडामा पर्ने रतुवा खोला र दमक १ र इलामको चुलाचुलीमा पर्ने रतुवा खोलामा निर्माण भएका पुलको उद्घाटन समेत गरेका थिए ।

आधा दर्जन कार्यक्रमहरुमा सहभागी भई ओली आइतबार साँझ नै काठमाडौ फर्किएको सचिवालय जनाएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ३१ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६