उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुँदै « Khabarhub

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुँदै


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ ।

यही फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा रु ३० करोड लागतमा १३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएक र २७ परिवार सन्थाल जाति प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।

समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयोजनाको डिजाइन गरिएको हो ।

शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ३२ बजे

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००