रविन्द्र मिश्रको पार्टी विवेकशील साझाको नाम फेरियो « Khabarhub

रविन्द्र मिश्रको पार्टी विवेकशील साझाको नाम फेरियो


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले नाम फेरेको छ । पार्टीको नाम अब ‘साझा विवेकशील पार्टी’ रहने छ ।

वैशाख ११ गतेदेखि १३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम फेर्ने निर्णय गरेको हो । बैठकले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने निर्णय गरेको हो । शनिबार बैठकको निर्णय सार्वजनिक गर्दे संयोजक रविन्द्र मिश्रले पार्टीले आउदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताए ।

मुलुकमा दुईतिहाईको सरकार बन्दै गर्दा आमजनताले अपेक्षा गरेको सुख सम्मृद्धि र विकासले अपेक्षाकृत फड्को मार्नुको सट्टा सरकार नै विभिन्न विवादास्पत काण्डै काण्डमा मुछिदै गएकोे उनले टिप्पणी गरे ।

सरकारका विभिन्न निकायमा रहेका असक्षम नेतृत्वका कारण मुलुकमा सामाजिक रुपान्तरण र सम्मृद्धिको विषय झन पछि पर्दै गएको टिप्पणी गरे ।

हालै सरकारले गरेको लगानी सम्मेलनमा उद्योग मन्त्रीको प्रस्तुतीबाट नै सक्षम नेतृत्व चयनमा सरकारको असक्षमता प्रष्ट देखिएको उनको तर्क थियो ।

पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ५ : ४८ बजे

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक

व्यावसायिक स्याउ खेती सुरु गर्दै भोजपुर वैकुण्ठेका किसान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न

धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१