अब पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य हुन्छ– प्रमुख निर्वाचन आयुक्त « Khabarhub

अब पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य हुन्छ– प्रमुख निर्वाचन आयुक्त


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पुर्ण प्रयास र प्रयत्नहरु निश्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले शनिबार राजधानीमा गरेको अभिनन्दन समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफु प्रयत्नशील रहने बताए ।

निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनिय बनाएर मात्रै मुलुकमा शुसासन कायम हुन सक्ने भन्दै उनले सम्पुर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गरे । निर्वाचनमा निष्ठा र इमान भन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाईनुपर्ने तर्क गरे ।

उनले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे ।

थपलियाले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ५६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी