हिमालपारिको जिल्ला मनाङमा पुग्यो ३३ केभीको प्रसारण लाइन « Khabarhub

हिमालपारिको जिल्ला मनाङमा पुग्यो ३३ केभीको प्रसारण लाइन


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ ।

यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सीमित जनशक्ति, भौगालिक विकटता अत्यधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताए ।

उनका अनुसार जिल्लामा कार्यालय स्थापना भएको १८ महीनामा नै केन्द्रीय प्रसारण जडान जडान हुन सकेको छ । दशकौंदेखि लघुजलविद्युतको भरमा दैनिकी चलाउँदै आएका मनाङवासीले केन्द्रीय लाइनको विस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउँछन् ।

यो केन्द्रीय प्रशारण लाइन लमजुङको उदीपुर सब–इस्टेसनबाट राँधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका–१ स्यार्कुको सबस्टेसनमा जोडिएको हो ।

विसं २०५१ देखि यस जिल्लालाई केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि राजनीतिक उतारचडाव, भौगोलिक विकटता, आवश्यक सामग्रीको अभावका कारण अधुरो रहेको थियो । तत्कालीन समयमा यस जिल्लाबाट मन्त्रीसमेत भएका पाल्तेन गुरुङले जिल्लालाई सडक र विद्युतको पहुँच पुर्‍याउन आफूले शुुरुआत गरेको र आज आफ्नो सपना पूरा भएको बताए।

सडकले २०५९ सालमा मनाङ जोडियो र अहिले विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेपछि जिल्लाको विकास निर्माणले गति लिएकामा उनले खुशी व्यक्त गरे । साबिकको लघु जलविद्युतको भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र होइन, उद्योगी व्यापारी समेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् ।

लघु जलविद्युतका कारण सरकारी कार्यालय, वित्तीय सङ्घसस्थाले दैनिक कामकाजमा हैरानी खेप्नु परेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रशारण लाइन फलदायी हुने उनको भनाइ छ ।

लघुजलविद्युतमा माग अनुसार विद्युतीय प्रवाह हुन नसक्दा आवश्यक उपकरणको प्रयोग गर्न कठिन भएको मनाङ एग्रो प्रालिका सञ्चालक समराज गुरुङले बताए । अब केन्द्रीय प्रशारण जडानपछि आफ्नो उद्योग सञ्चालनमा आउने उनको भनाइ छ ।

उनका अनुसार यस कम्पनीबाट उत्पादन हुँदै आएका स्याउ भण्डारणदेखि बेमौसममा उपायोग गर्नका लागि भएका उपकरण सञ्चालनमा आउन सकेका थिएनन् । यस्तै पर्यटन व्यवसायीले समेत आवश्यक मात्रामा विद्युत् आपूर्ति नभएका कारण पर्यटकका सामान्य आवश्यकता समेत पूरा गर्न कठिन भएको अवस्थामा केन्द्रीय प्रशारण लाइन जोडिएसँगै अवका दिनमा सबै समस्याको समाधान हुने बताएका छन् ।

विद्युतको लोर्ड नपुग्दा सामान्य कफी मेसिनसमेत सञ्चालन गर्न नसकेर दाउराको भरमा काम चलाउनु परेको दुखेसो होटल व्यवसायीको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १२ : १५ बजे

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

नयाँ दिल्ली- भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल