कालिका दर्शन वर्ष अभियान शुरू | Khabarhub Khabarhub

कालिका दर्शन वर्ष अभियान शुरू


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान शुरू गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ ।

मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्रिया तथा बहस कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान शुरू भएको कालिका मन्दिरले जनाएको छ । अन्तक्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले कालिका मन्दिरको महत्व निकै फरक तथा ऐतिहासिक रहे पनि यसलाई नयाँ पुस्तामा जानकारी दिन नसकिएको भन्दै कालिका दर्शन वर्ष सफल बनाउन शुरू भएको अभियानले सहज बनाउने बताए ।

उनले नेपालमात्रै नभई विश्वका धार्मिक पर्यटकको आर्कषण केन्द्रका रूपमा कालिका मन्दिरलाई चिनाउन सकिने बताए । धार्मिक महत्व बोकेको पवित्र कालिगण्डकी नदीसँग कालिका मन्दिरको सामिप्यता रहेको भन्दै कालिका मन्दिरको प्रचारप्रसारमा अझै कमी आएकाले यसको महत्वलाई सबै सामु पुर्याउनुपर्ने उनको जोड थियो ।

“कालिगण्डकीको शक्तिपीठ भनेकै कालिका मन्दिर हो”, गुरुङले भने, “ऐतिहासिक सम्पदा बुझाउन नसक्नु हाम्रो कमजोरी हो, कालिका मन्दिरको महत्व अन्य शक्तिपीठभन्दा अझै बढी छ ।”

अब स्थानीय सरकारले नै यसको अपनत्व र प्रचारप्रसारमा लागनुपर्ने भन्दै गुरुङले पर्यटन र आर्थिक विकासका लागि कालिका मन्दिर कोसेढुङ्गा हुने बताए ।

“हामीले नगरे कसले गर्छ ? कालिका मन्दिरको महत्व सबैमा पुर्याउँ, थाम्न नसक्ने धार्मिक पर्यटक हाम्रै पालामा आउनेछन्”, उनले भने, “सम्पदा संरक्षण मात्रै होइन यसको महत्व र आवश्यकताका लागि जनतामाझ जानुपर्दछ, तीन तहका सरकारले सहयोग गर्नुपर्दछ ।”

पाल्पाका राजाकी छोरी विवाह भएर पर्वते राजाकहाँ आउने क्रममा ल्याएको दाइजोस्वरुपको कालिका बसेको किंवदन्तीलाई प्रचारमा ल्याउनुपर्ने भन्दै उपकुलपति गुरुङले पवित्र कालिगण्डकीसँग मन्दिरलाई सँगै जोडेर लैजानुपर्ने बताए ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले धेरै धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि आगामी विसं २०८० लाई कालिका दर्शन वर्ष घोषणा गरेको छ ।

कालिका दर्शन वर्ष २०८० मा ४० लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

विसं २०८० को योजना सफल पार्नका लागि आजैदेखि दर्शन वर्ष अभियान शुरू गरिएको र सोअन्तर्गत आइतबार कालिकाको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वका विषयमा सरोकारवालासँग छलफल गरिएको हो ।

कालिका मन्दिरले मन्दिरसँग जोडेर बागलुङका अन्य धार्मिक पर्यटकीयस्थल पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, गाजादह, जैमिनीधाम तथा विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलसँग जोडेर प्रचारप्रसार गर्न थालेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ४५ बजे

लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !

काठमाडौं- सरकारले आयोजना गरेको ‘नेपाल इन्भेष्टमेन्ट समिट (लगानी सम्मेलन) सोमबार

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि

काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।