अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा « Khabarhub

अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुसौ, नाइजेरिया– अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् ।

देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ ।

उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन् ।

“अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ,” जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाले भने ।

उहाँले बालिकाहरु सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद रहेको पनि बताए । नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन् ।

अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए । तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो ।

भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा निकै उपद्रो मच्चाइरहेका छन् । उनीहरुले मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने गरेका छन् ।

नाइजेरियाको सेनाले यस क्षेत्रमा सन् २०१६ देखि कारबाही गरिरहेको छ र सन् २०१९ मा बन्दुकधारीहरुसँग शान्ति सम्झौता पनि गरिएको थियो तर आक्रमणका घटना रोकिएका छैनन् ।

गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो । यो क्षेत्र राष्ट्रपति मुहम्मदु बुहारीको गृहराज्य काट्सिनामै रहेको छ । तर पछि ती बालकलाई अपहरणकारीले मुक्त गरेका थिए ।

तर चिबोकबाट जिहादी समूहले गरेको २७६ जना स्कुले बालिकाको अपहरण भने निकै डरलाग्दो थियो । सरकारी फौजको व्यापक कारबाहीपछि केहीलाई जिहादी समूहले मुक्त गरेपनि अझै पनि केही बालबालिका बेपत्ता छन् ।

लेगोसस्थित अनुसन्धान संस्था एसबी मार्गनका अनुसार सन् २०१६ को जनवरीदेखि मार्च २०२० को अवधिमा मात्र अपहरणकारीलाई एक करोड १० लाख डलर फिरौती बुझाइएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपको अर्को अध्ययन अनुसार विद्यालयमा सुरक्षा खतरा रहेको भन्दै यस अफ्रिकी क्षेत्रमै विद्यालय नजाने बालबालिकाको संख्या विश्वमै सबैभन्दा बढी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ५२ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्