समाजसेवी मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्षयकोष स्थापना « Khabarhub

समाजसेवी मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्षयकोष स्थापना


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रसिद्ध समाजसेवी तथा राजनीतिज्ञ मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्षयकोष स्थापना गरिने भएको छ ।

मंगलबार दाहालको १३ औं दिनको पुन्यतिथिमा ५ करोडको अक्षयकोष स्थापना गर्ने दाहाल परिवारले घोषणा गरेको हो ।

दाहालले गरेको सामाजिक कार्यलाई सार्थकता तुल्याउन मित्रसेन दाहाल जेष्ठ नागरिक सेवाको स्थापना गर्ने दाहलका दाई हरिप्रसाद दाहालले बताए । उनले परिवारको तर्फबाट सम्पूर्ण तयारी गरेको बताए ।

उनले जेष्ठ नागरिकको सम्मान गर्नु नै मित्रसेन दाहालप्रतिको सम्मान भएको बताउँदै कोष सञ्चालन कार्यविधि चाडै सार्वजनिक गर्ने जानकारी दिए । दाहालको हुनेले नहुनेलाई दिने अभियानले निरन्तरता पाउने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : २७ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा