नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज | Khabarhub Khabarhub

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे डाकिएको बैठकमा केन्द्रीय सदस्यहरूलाई पार्टीको परिचय पत्र वा नागरिकता लिएर उपस्थित हुन सर्कुलर गरिएको छ ।

फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने तय भएसँगै दाहाल-नेपाल समूहले कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक डाकिएको एक नेताले जानकारी दिए ।

यसअतिरिक्त पार्टीका बहुमत सदस्यहरूको हस्ताक्षरलाई अर्कै प्रयोजनको हस्ताक्षर दूरूपयोग गरेको भन्ने ओली पक्षीय आरोपलाई खण्डित गर्न नागरिकता नै पेस गरेर चुनौती दिने तयारी पनि यो समूहले गरेको छ ।

पार्टी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको नेकपा कानूनी रूपमा मात्रै एक छ ।

फागून ११ मा सर्वोच्च अदालले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि यो समूह बैधानिकरूपमा संसदीय दलको नेता परिवर्तन गर्दै ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा लागेको छ ।

तर, प्रतिपक्षी दलहरूले पार्टीको आधिकारिता नसुल्झिएसम्म साथ नदिने जनाएपछि दाहाल-नेपाल समूह अप्ठ्यारोमा परेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार