नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे डाकिएको बैठकमा केन्द्रीय सदस्यहरूलाई पार्टीको परिचय पत्र वा नागरिकता लिएर उपस्थित हुन सर्कुलर गरिएको छ ।

फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने तय भएसँगै दाहाल-नेपाल समूहले कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक डाकिएको एक नेताले जानकारी दिए ।

यसअतिरिक्त पार्टीका बहुमत सदस्यहरूको हस्ताक्षरलाई अर्कै प्रयोजनको हस्ताक्षर दूरूपयोग गरेको भन्ने ओली पक्षीय आरोपलाई खण्डित गर्न नागरिकता नै पेस गरेर चुनौती दिने तयारी पनि यो समूहले गरेको छ ।

पार्टी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको नेकपा कानूनी रूपमा मात्रै एक छ ।

फागून ११ मा सर्वोच्च अदालले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि यो समूह बैधानिकरूपमा संसदीय दलको नेता परिवर्तन गर्दै ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा लागेको छ ।

तर, प्रतिपक्षी दलहरूले पार्टीको आधिकारिता नसुल्झिएसम्म साथ नदिने जनाएपछि दाहाल-नेपाल समूह अप्ठ्यारोमा परेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन