बेपत्ता छोरीको खोजी गरिदिन आग्रह « Khabarhub

बेपत्ता छोरीको खोजी गरिदिन आग्रह


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत साउन १७ गतेदेखि बेपत्ता बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २२ वर्षीया तुलसी तिमल्सिनाको खोजी गरिदिन आग्रह गरिएको छ ।

बेपत्ता तुलसीका आफन्तले आज पत्रकार सम्मेलन गरी उनका बारे सत्यतथ्य खोजी गरिदिन आग्रह गरेका हुन् ।

तुलसीका बुवा शिवराज तिमल्सेनाले गत साउन १७ गते तुल्सीलाई अछाम मङ्गलसेन नगरपालिका वडा नं ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मङ्सिर पहिलो हप्ता भारत लगेर बेपत्ता बनाएको बताए ।

तुलसीका काका कृष्ण तिमिल्सेनाले बेपत्ता भएको लामो समय दिँदा पनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’