गाला र ओठले चर्चामा अनास्तासिया « Khabarhub

गाला र ओठले चर्चामा अनास्तासिया


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ–अनास्तासिया पोक्रेशचुक युक्रेनकी मोडल हुन् । अहिले यी मोडल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकी छन् । भाइरल हुने प्रमुख कारण उनको गाला र ओठ हो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अनास्तासियाले धेरै पटक गाला र ओठको सर्जरी गराएर वास्तविक आकार भन्दा फरक बनाएपछि उनको चर्चा चुलिएको हो ।

३२ वर्षकी अनास्तासियाले आफ्नो अनुहारलाई परिवर्तन गर्न ६ वर्ष मेहनत गरिन् । अनास्तासिया सर्जरीकै कारण उनको गाला विश्वकै सबैभन्दा ठूलो देखिएको दाबी गर्छिन् । उनले २६ वर्षको उमेरमा आफ्नो पहिलो फेसियल फिलर गरेकी थिइन् ।

हालैमात्र उनले इन्स्टाग्राममा आफ्नो पुराना तस्वीर राखिन् । तस्वीरमा कस्मेटिक सर्जरी अघि उनी कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

उनको तस्वीर हेर्नेहरु उनको ठूलो गाला र ओठसँगै उनको गुलाबी कपाल, कन्ट्याक्ट लेन्स र नाटकीय मेकअपमा आकर्षित हुन्छन् ।

उनले आफ्नो अनुहार परिवर्तन गर्नका लागि २ हजार १ सय डलर खर्च गरेकी छन् । उनको तस्वीर हेरेर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक पनि गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि