गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे | Khabarhub Khabarhub

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ। नेवारी भाषामा माक्कुसेको बर्णन नै गर्न नसकिने अत्यन्तै मिठो भन्ने हुन्छ।

माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन्।

माक्कुसेका उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन्। उत्पादनहरू दूधको खुवा प्रयोग गरि बनाइएको छ। पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ।

‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्त्व बोकेको छ। हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ।’ माक्कुसेका सिइओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठ भन्छिन् ‘हाम्रो उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ।’

गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गैरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संबेदनसिलतालाई मद्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुस्काको भनाइ छ। काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पदन तयार गरिने बताइएको छ।

मिस वर्ल्ड नेपाल २०१९ को विजेता समेत रहेकी अनुस्का मिस वल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन्। हाल माकुसेलाई अनुस्काले नै नेतृत्व गरिरहेकी छिन्।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का बिदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन्।

परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो थिएन झन् माक्कुसे सुरु गर्नै लाग्दा कोभिड १९ का कारण समय जटिल पनि बन्यो। यो चुनौतीलाई सामना गर्दै विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको छ।

‘जब हामी कुनै खास देशको मिठाईहरू सोच्दछौं त अनकौं तस्वीर दिमागमा आउँदछ। नेपाली मिठाईका बारेमा सोच्दा तपाईको दिमागमा कस्तो चित्र आउँछ?’ अनुस्का भन्छिन् ‘हामी विश्वास गर्दछौं कि माकुसे यसको जवाफ हुन सक्छ।’

माकुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै नेपालको मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने बिश्वास माक्कुसे टिमको रहेको छ।

माक्कुसेको सामाजिक संजाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केट प्लेसको मोबाइल एप तथा वेबसाईटमा अर्डर गरि माक्कुसे नेपाल भर घरैमा डेलिभरी मगाउन सकिन्छ।

ग्यापु मार्फत नै बिदेशमा रहेका ब्याक्तीले सोही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउने ब्यवस्था समेत मिलाइएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ०९ बजे

डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः

महाकाली प्रादेशिक अस्पताल : विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको