नेता नेपालद्वारा कांग्रेस र जसपासँग सहकार्यको आग्रह (भिडियोसहित) « Khabarhub

नेता नेपालद्वारा कांग्रेस र जसपासँग सहकार्यको आग्रह (भिडियोसहित)


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गरेका छन्।

समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागी कांग्रेस र जसपासँग सहकार्य गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा राखे । उनले आफुहरुसँग सूर्य चिन्हको नेकपाको बहुमत रहेपनि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

हेरौँ भिडियो

त्यस्तै अध्यक्ष नेपालले सबै दलहरुसँगको छलफल पछि नै अविश्वासको प्रस्ताव अघि बढाउने उल्लेख गरे । उनले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमशः आफूहरुको पक्षमा आइरहेको दावी गरे ।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक पद्धतिलाई ट्रयाकमा ल्याउनुपर्ने बताए । उनले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थिरता उब्जिने धारणा राखे ।

उनले आयोग अहिले निष्पक्ष नभए भविष्यमा हुने चुनाव पनि निष्पक्ष गराउन नसक्ने जिकिर गरे ।

हेरौँ भिडियो

त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुई तिहाई ल्याए पनि मुलुकमा अस्थिरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राखे । उनले संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्रीले अहंकार देखाएको आरोप लगाए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन