चेल्सीसँगको खेलमा लिभरपुल पराजित « Khabarhub

चेल्सीसँगको खेलमा लिभरपुल पराजित


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चेल्सीसँगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल पराजित भएको छ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको हो ।

गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो ।

एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे ।

जीतसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ ।

यो सिजनमा चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । साविक विजेता लिभरपुल भने ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ४५ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको