रियलमी ६ आई स्मार्टफोनको मूल्य घट्यो « Khabarhub

रियलमी ६ आई स्मार्टफोनको मूल्य घट्यो


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ ।

पाँचौँ संस्करणको सफलतापछि क्यामेरा, पर्फमेन्स र विशेषतामा सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।

‘मिडियाटेक हेलियो जी८०’प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो । जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ ।

‘हेलियो जी८०’को प्रोसेसर यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४/१२८ जीबी भेरियन्टमा रू. २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ ।

यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको कम्पनीको दाबी छ । मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्दछ जसले गुणस्तरीय तस्वीर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउने जनाइएको छ ।

४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ ।

६.५ इन्च एचडी प्लस सानो ड्रप स्क्रिन डिस्प्लेका साथ उपलब्ध यो फोन‘द्यु ड्रप डिस्प्ले’भन्दा ३०.९ प्रतिशत सानो छ । यसमा राखिएको पूर्ण स्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहे जस्तो शानदार अनुभूति प्रदान गर्दछ । ५ हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने त्रिपल सुरक्षाको विशेषता यसमा रहेको छ ।

दुर्लभ स्प्रे कोटिङ प्रक्रिया अपनाएर सयौँपटक सफा गरिएको रियलमी ६ आईको डिजाइन नाओटो फुकसावाबाट प्रभावित छ । जसको परिणाम स्वरुप फोनको पछाडिको भाग चम्किलो देखिन्छ । यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमा उपलब्ध छ ।

रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । रियलमी ६ आईको मूल्य घटेपछि अब नेपाली बजारमा यो फोन २३ हजार ९९० मै उपलब्ध हुने भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३२ बजे

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको