पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २२ गते (शनिबार)

दिउँसो :  प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

राति :  प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फागुन २३ गते (आईतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १  र सुदूरपश्चिम प्रदेशमा साथै  बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फागुन २४ गते (सोमबार)

दिउँसो : प्रदेश नं १  र सुदूरपश्चिम प्रदेशमा साथै  बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : २० बजे

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत