ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । ती स्थानीय तहका प्रत्येक वडामा गरी ४८ खोपकेन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यही फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ । दश स्थानीय तहमध्ये चिकित्सक भएका पाँच स्थानीय तहमा मात्रै हाल खोप अभियान सञ्चालन गरिन लागिएको प्रमुख भट्टले बताए ।

दशरथचन्द, पाटन, पुर्चौडी र मैलोली नगरपालिका तथा दोगडाकेदार गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । उनले भने, “खोप लगाइसकेपछि हुनसक्ने आवाञ्छित घटना व्यवस्थापन लागि चिकित्सकसहित मेडिकल टोली भएको स्थानीय तहमा अभियान सञ्चालन गर्दैछौँ ।”

हाल जिल्लामा १३ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिल्लामा दुई हजार ७०० बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ ।  खोप लगाउने प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।

पहिलो चरणका लागि जिल्ला अस्पतालमा मात्रै एउटा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा पाँच खोपकेन्द्र तोकिएका थिए ।

यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ गते र दोस्रो चरणमा खोप लगाएकालाई जेठ ९ गतेदेखि दोस्रो डोज दिइने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : १५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम