म प्रधानमन्त्रीको रेसमा छैन– सभापति देउवा « Khabarhub

म प्रधानमन्त्रीको रेसमा छैन– सभापति देउवा


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।

सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना पनि नभएको बताए ।

नेकपाको आफ्नै झगडा चलिरहेको भन्दै देउवाले आफू प्रधामन्त्रीको दौडमा लागेर नफस्ने बताएका हुन् ।

पुस्तक विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर मलाई प्रधानमन्त्री हुने चाहाना पनि छैन । सबै कुरामा नलाग्नु होला । उनीहरुको झगडामा म फस्न चाहान्न ।’

उनले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताए।

उनले भने, ‘नेकपामा ओली र प्रचण्ड–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो।’

नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ५० बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले