चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट « Khabarhub

चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि चितवनमा ७३ स्थानबाट खोप लगाइने भएको छ ।

ती स्थानबाट  ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा  २९ हजार डोज सुई प्राप्त भइसकेको छ ।

जिल्लामा अहिले ६० वर्षमाथिका ६५ हजार ६०६ रहेका छन् । यस तथ्याङ्कअनुसार ६५ वर्ष समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको तिवारीले जानकारी दिए ।

खोप अभियानमा ४७९  स्वास्थ्यकर्मी परिचालन हुने छन् । यसमध्ये २५१ तालीम प्राप्त स्वास्थ्यकर्मी र २२८ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने छन् । अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ ।

दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ । अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ ।

पहिलो चरणमा जिल्लामा १३ हजार ५०० ले खोप लगाएका थिए । पहिलो चरणको पहलिो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो ।

जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८६२ पुगेको छ । अहिले सक्रिय सङ्क्रमित ४९ रहेको कार्यालयले जनाएको छ ।

सङ्क्रमितमध्ये १०९ को मृत्यु भएको छ । अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सङ्क्रमित शून्य रहेको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : ३५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर