गृहमन्त्री थापा र विप्लवबीच भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री थापा र विप्लवबीच भेटवार्ता


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग आज भेटवार्ता गरेका छन् ।

महासचिव विप्लवले आज बिहान पुल्चोकस्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । भेटमा विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भएको जनाइएको छ ।

सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि हिजो राष्ट्रियसभाबाट सार्वजनिक भएका थिए ।

हिजो विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

खुला राजनीतिमा आएको नेकपा विप्लव समूहको भावि राजनीतिक कार्यदिशा के हुन्छ भन्ने आम चासो रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  २ : ३१ बजे

प्रितिलाई अक्षयसँग फेरि फिल्म खेल्ने रहर

काठमाडौं – सन् २००० को दशकको व्यस्त बलिउड नायिका प्रिति

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो