आर्सनल र बर्नलीको खेल बराबरी | Khabarhub Khabarhub

आर्सनल र बर्नलीको खेल बराबरी


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र बर्नलीले बराबरी खेलेका छन् ।

शनिबार भएको खेलमा आर्सनल र बर्नली १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

बर्नलीको मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य भयो ।

खेलको छैटौँ मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए पनि ३९औँ मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन । यस बराबरीसँगै आर्सनल २७ खेलमा ३८ अंकसहित लिगको दशौँ स्थानमा छ ।  बर्नली ३० अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३५ बजे

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको