बायर्नसँग डर्टमण्ड निरिह « Khabarhub

बायर्नसँग डर्टमण्ड निरिह


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखसँग बोरुसिया डर्टमण्ड निरिह भएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोलले हराएको छ ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई शानदार जित दिलाए ।

खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो ।

२६औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए । ४४औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

८८औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए । ९० औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई ४-२ को जित दिलाए ।

जितसँगै बायर्न लिगको शीर्ष स्थान यथावत छ । बायर्नले २४ खेलमा ५५ अंक छ । डर्टमण्ड ३९ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ३५ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको