भारतको बजेट अधिवेशन सोमबार सुरु हुने « Khabarhub

भारतको बजेट अधिवेशन सोमबार सुरु हुने


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा सोमबार दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ ।

अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसदमा टेबुल भएको थियो ।

पश्चिम बंगाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।

सोमबार सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गरेका थिए ।

भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन ओटा कानुनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ३५ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको