सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह « Khabarhub

सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफूहरू लाग्ने समेत बताए ।

त्यस्तै उनले अब केपी ओली सत्तामा रहन नसक्ने तर्क समेत गरे । उनले अब कसरी अघि बढ्ने बारेमा छिटै निष्कर्षमा पुगिने बताए । साथै उनले सरकारले ल्याएको अध्यादेशमा आफूहरूको असहमति रहेको पनि बताए ।

पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिल्ने धारणा राखे । उनले तत्कालीन नेकपा एमाले पनि ओलीको नभएर आफूहरूको भएको दाबी गरे ।

सर्वोच्चको निर्णयप्रति आफुहरु छलफलमा रहेको उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : २३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था