संस्थालाई बदनाम गराउन खोजिएको भन्दै इस्लामी संघद्वारा आपत्ति प्रकट « Khabarhub

संस्थालाई बदनाम गराउन खोजिएको भन्दै इस्लामी संघद्वारा आपत्ति प्रकट


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्लामी संघ नेपालले आफूहरु कुनै पनि गैर कानूनी र आतंकवादी गतिविधिमा संग्लग्न नरहेको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै संघले केही मिडियामा संस्थाको नाम जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाउँदै आफ्नो संस्था नितान्त सामाजिक काममा सक्रिय रहेको जनाएको हो ।

उसले आफूविरुद्ध केही मिडियाहरुमा प्रकाशित समाचार भ्रमपूर्ण रहेको दाबी गरेको हो । केही भारतीय मिडियाले यस संगठनलाई बदनाम गर्ने प्रयास गरिराखेको भन्दै उक्त समाचारहरु भ्रमपूर्ण रहेको संघले दाबी गरेको हो ।

संघले विज्ञप्ति जारी गर्दै आइएचएचसँग सम्बन्धको हवाला दिंदै आतंकवादसित जोडिएको भनेर आफूहरुविरुद्ध निराधार र कपोलकल्पित आरोपहरु लगाइएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

भारतीय केही मिडियाहरुमा आएको समाचारलाई उद्धृत गर्दै नेपाली केही मिडियाहरुले पनि बिना कुनै छानविन र प्रमाणका आधारमा यस्तै आशयको रिपोर्ट प्रकाशित गरेको प्रति संघले खेद प्रकट गरेको छ ।

‘यो एउटा दुष्प्रचार, अत्यन्त गैर जिम्मेवारीपूर्ण, अति निन्दनीय र घोर आपत्तिजनक कार्य हो । एउटा प्रतिष्ठित संस्थामाथि छानविन नै नगरी दुष्प्रचारको भरमा आरोप लगाउनु किमार्थ न्यायोचित होइन’, संघका अध्यक्ष खुर्सिद आलम द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो आचार संहिता विपरीत र पीत पत्रकारिता हो । हामी यसको भत्सर्ना र कडा प्रतिवाद गर्दछौँ ।’

संघले त्यस्ता समाचार पोर्टलहरूले क्षमा याचना माग्दै उक्त रिपोर्टको तत्काल खण्डन प्रकाशित गर्न समेत माग गरेको छ । अन्यथा उनीहरूविरुद्ध कानुनी कारबाही गर्न बाध्य हुने समेत स‌ंघले जनाएको छ ।

संघले समाज कल्याण परिषदबाट स्वकृति लिई देशी विदेशी संघ–संस्थाहरुको सहयोग र सहकार्यमा पारदर्शी ढंगले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ । उसले शंकास्पद अथवा प्रतिबन्धित संस्थाहरुसंग कदापि सहकार्य नगरेको समेत दाबी गरेको छ ।

इस्लामी संघ नेपाल विश्वव्यापी संगठन आइएचएचसँग सहकार्य गरिरहेको छ जसको मुख्यालय टर्कीमा रहेको उसले जनाएको छ । संगठनले विगत २० वर्ष देखि १२३ वटा देशहरुमा मानवीय सेवा कार्य गर्दै आइरहेको जनाएको छ ।

यस्तो छ संघद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : ०१ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती