चुनावको मत गणना गर्ने २ सय ७२ कर्मचारीको मृत्यु « Khabarhub

चुनावको मत गणना गर्ने २ सय ७२ कर्मचारीको मृत्यु


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जकार्ता– इण्डोनेशियामा चुनावको मतगणना गर्ने २ सय ७२ भन्दा धेरै कर्मचारीको मृत्यु भएको छ । गत अप्रिल १७ मा भएको आम निर्वाचनपछि मत गणना गर्न खटाइएका २ सय ७० भन्दा धेरै कर्मचारीको अधिक समय काम गरेका कारण मृत्यु भएको र अरु १ हजार ८ सयभन्दा धेरै कर्मचारी बिरामी परेको इण्डोनेशियाका अधिकारीले जनाएका छन् ।

१९ करोड ३० लाख भन्दा धेरै मतदाता रहेको इण्डोनेशियामा भएको पछिल्लो निर्वाचनमा ८० प्रतिशत भन्दा धेरै मतदाताले मतदान गरेका थिए ।

८ लाखभन्दा धेरै मतदान केन्द्रमा भएको मतदानको मतगणना हातैले गर्नुपर्ने भएकाले कर्मचारीलाई अधिक कामको बोझ बढेको बताइएको छ । अधिक काम गरेकापछि बिमारी परेका चुनावका कर्मचारीको सङ्ख्या धेरै रहेको र उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान छ ।

यसअघि इण्डोनेशियामा राष्ट्रपतीय, प्रान्तीय तथा संसदीय निर्वाचन बेग्लाबेग्लै मितिमा हुने भएपनि पछिल्लो पटक खर्च कम गर्न भन्दै तीनै निर्वाचन एकैदिन आयोजना गरिएको थियो ।

अधिक कामको बोझका कारण कर्मचारीको मृत्यु भएपछि त्यहाँको निर्वाचन आयोगको व्यापक आलोचना शुरु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : २८ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा