कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जना कारबाहीमा « Khabarhub

कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जना कारबाहीमा


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९५ जनालाई कतार सरकारले कारबाही गरेको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७१ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ९ जनालाई गाडीमा अनुमति दिइएको भन्दा बढी मानिस राखेकोमा, ८ जनालाई एहतेराज एप प्रयोग नगरेकोमा र बाँकी ७ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

कतारको कानून  १९९० को नम्बर १७ मा आधारित मन्त्रिपरिषद्को निर्णय अनुसार संक्रामक रोगहरू सम्बन्धी सक्षम अधिकारीहरूले धेरै व्यक्तिलाई कोभिड–१९ रोकथाम र सावधानीका उपायहरू उल्लंघन गरेको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनता र उनीहरुलाई समाजमा कोरोना भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्नसमेत आग्रह गरेको छ ।

मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र कोभिड–१९ महामारीविरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्ने जस्ता सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै