महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा « Khabarhub

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् ।

“शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै सभापति देउवाले कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने र महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिएका छन् ।

पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्नेमा कांग्रेस विश्वास राख्ने बताउँदै उनले आफ्नो पार्टीको आफ्नो विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको कांग्रेसले सुनिश्चितता गरेको जनाएका छन् ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरूले आफ्नो प्राणको आहुति दिनुभएको उल्लेख गर्दै सभपाति देउवाले उहाँहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र संवद्र्धनका लागि पनि महिलाको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ५० बजे

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद