स्थायी कमिटी बैठक ३ बजेलाई सारेर कानूनविद्सँग परामर्शमा दाहाल-नेपाल समूह | Khabarhub Khabarhub

स्थायी कमिटी बैठक ३ बजेलाई सारेर कानूनविद्सँग परामर्शमा दाहाल-नेपाल समूह


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गरेर सर्वोच्चले फैसला गरेपछि जटिलता निम्तिएको छ । यसमा अझै गहन र बृहत छलफलको आवश्यकता देखियो,’ साहले भने,’त्यसैबारे अझ प्रष्ट दृष्टिकोण बनाउन अध्यक्षहरू कानूनविद्हरूसँग परामर्शमा हुनुहुन्छ ।’

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले आइतबारदेखि नै कानूनविद्हरूसँग सघन छलफलमा छन् ।

आइतबार साँझ पनि सिंहदरबारमा कानूनबिद्संग छलफल गरेका थिए । सो छलफलमा कानूनविद्हरूले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए ।

कानूनविद्हरूको सुझाव र स्थायी सदस्यहरूको धारणालाई आधार बनाउँदै दाहाल-नेपाल समूहले धारणा तय गर्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ११ : ५४ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका