पत्रकारमाथि भइरहेको धरपड रोक्न प्रचण्ड र देउवाको ध्यानाकर्षण « Khabarhub

पत्रकारमाथि भइरहेको धरपड रोक्न प्रचण्ड र देउवाको ध्यानाकर्षण


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपडको विरोधस्वरुप नेपाल पत्रकार महासंघले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको प्रतनिधिमिण्डलले नेकपा अध्यक्ष दाहाललाई खुमलटारस्थति निवासमा र सभापति देउवालाई बुढालनिकण्ठस्थति निवासमा भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले पत्रकारहरुलाई समाचार लेखेकै आधारमा विद्युतिय कारोबार ऐन तथा राज्यवरिुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्य बढेपछि दबाब अभियान अन्तर्गत ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघले प्रेस तथा अभव्यिक्ति स्वतन्त्रताको सुनश्चितिताका लागि राजनीतकि दलका प्रमुख नेताहरुका साथै पूर्वप्रधानमन्त्रीहरु, संसद्का सभामुख र अध्यक्ष, नागरिक समाज, अधकिारकर्मीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै नेताद्वयले आफूहरु सधै प्रेस तथा अभव्यिक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै महासंघले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सधै सहयोग र साथ दिने प्रतविद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ३२ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको