नेपाल अब उत्पादक र निर्यातकर्ता देश बन्नुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

नेपाल अब उत्पादक र निर्यातकर्ता देश बन्नुपर्छ : प्रधानमन्त्री ओली


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उत्पादक र निर्यातकर्ता देश बनाउने अभियानतर्फ लैजानु पर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग परिसंघको आयोजनामा भएको ‘मेक इन नेपाल’ अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यो अभियानलाई उत्पादन बिक्री गर्ने विज्ञापनको रुपमा नभई राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र आवश्यकीय उत्पादनमा आत्मनिर्भर बनाउँदै नेपाललाई आयातक र उपभोक्ता देशबाट उत्पादक र निर्यातकर्दा देश बनाउने दिशामा अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो ।

उनले भने, ‘अब नेपाललाई आयातक र उपभोक्ता देशबाट उत्पादक र निर्यातक देश बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा खाद्य वस्तुको कमी नभएको र प्रत्येक वर्ष ११ दशमलब दुई प्रतिशत कृषि उपज उत्पादन वृद्धि हुँदै गएको बताए ।

‘नेपालमा उत्पादन भइरहेको खाद्य वस्तुले भोकमरी पर्ने अवस्था छैन ।’ उनले भने, ‘तर पनि लामो सिता भएको चामलको शौखले वार्षिक रुपमा करिब ४० अर्बको चामल आयात भइरहेको छ ।’

मेक इन नेपालको स्वदेशी अभियान निजी क्षेत्रका व्यवसायीले शुरू गरे पनि यो सरकारका लागि आवश्यक रहेको उनले बताए ।

सरकार यो अभियानको साथमा रहेकाले आवश्यक सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ०४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन