छोरीको जन्मसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत « Khabarhub

छोरीको जन्मसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जनकपुरमा आयोजित आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यमन्त्री राउतले छोरीलाई अभिशाप, समस्याका रूपमा लिने संरचनागत मनोवृत्तिमा सुधारको खाँचो रहेको औँल्याए ।

उनले नारीप्रति अपमान, एसिड प्रहारलगायतका हिंसाजन्य क्रियाकलाप गर्नेलाई साधारण सजाय नदिई फाँसी दिने व्यवस्था हुनुपर्ने बताए ।

मुख्यमन्त्री राउतले छोरीलाई सशक्त बनाई हिस्सेदारीमा सहभागी बनाउनु आजको आवश्यकता हो भन्दै प्रदेश सरकारले छोरीलाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले प्रदेश सरकारद्वारा सञ्चालित छोरी बीमा कार्यक्रम गणितीय समस्याका कारण हाल स्थगित भए पनि समस्या समाधान गरी छिट्टै निरन्तरता दिने गृहकार्य भइरहेको बताए ।

प्रदेशसभा सदस्य परमेश्वर साह र सरस्वती चौधरीले भेद्भाव गर्ने मानसिकताको अन्त्य गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

नीति, योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नारी आदिशक्ति र स्वतन्त्रताको सन्देशबोधक भएको बताए ।

उपसभामुख उपमा कुमारी देवको सभापतित्वमा भएको सो समारोहमा धनुषा जिल्लामा रहेका २७ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : २७ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी