दुई किलो अफिमसहित भारतीय दुई महिला पक्राउ | Khabarhub Khabarhub

दुई किलो अफिमसहित भारतीय दुई महिला पक्राउ


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले कालो, निलो रङ्गको प्लाष्टिककोे झोलाभित्र दुई वटा पोका बनाई लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला पारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ३७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको