टाटा मोटर्सका नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

टाटा मोटर्सका नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपाली बजारमा, यस्ता छन् विशेषता


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने ५ वटा नयाँ गाडीहरु आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।

टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ गाडी बीएस सिक्स प्रविधियुक्त रहेको कम्पनी जनाएको छ । टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको भएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त गाडीहरुको टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिँदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।

कार्यक्रममा टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने– ‘टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाइरहनु भएको छ । यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन् ।’

हाल सार्वजनिक गरिएका गाडीहरुले हाम्रो ग्राहक महानुभावहरुको मन जित्न सफल हुने उनले दाबी गरे ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले भने– ‘बिएस सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडि रहेका छन् ।’

कस्ता छन् पाँच वटा नयाँ गाडीहरू ?

१. नयाँ टियागो

१२०० सिसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ। उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरू भएको यो गाडी रातो, पहिलो, निलो लगायत ६ वटा रङ्गहरूमा उपलब्ध रहेको छ। टाटा टियागो फोर स्टार सेप्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ।

२. नयाँ टिगोर
१२०० सिसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र रिभर्सिङ्ग क्यामेराजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्। मनमोहक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँच वटा रङ्गहरूमा उपलब्ध रहेको छ। टाटा टिगोरले पनि फोर स्टार सेप्टी रेटिङ्ग प्राप्त गरेको छ।

३. नयाँ नेक्सन
१२०० सिसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (आइआरए) जस्ता समुच्चा प्रविधि जडान गरिएको छ। यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कम्पनीले जनाएको छ। टाटा नेक्सन ग्लोबल सेप्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो। इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ विशिष्ट विशेषताहरू भएको नेक्सन ६ वटा रङ्गहरूमा उपलब्ध रहेको छ।

४. नयाँ अलट्रोज
१२०० सिसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ। नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोबल एनक्याप मार्फत प्रमाणित भैसकेको छ। साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोबल सेप्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ। यो रिदम, स्टाईल, लुक्स र अर्वन गरी चार वटा प्रकृतिमा उपलब्ध रहेको छ।

५. नयाँ एच फाईभ
२००० सिसी इन्जिन क्षमता भएको एच फाईभको सम्पूर्ण बनावट विशिष्ट (ओमेगार्स) वास्तुकलामा आधारित छ। शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाईभ विभिन्न आकर्षक रङ्गहरूमा उपलब्ध रहेका कम्पनीको दाबी छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : २४ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा