सन्दीपको टोली दिल्ली प्लेअफमा, बैंग्लोर पराजित « Khabarhub

सन्दीपको टोली दिल्ली प्लेअफमा, बैंग्लोर पराजित


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली क्यापिटल्स् प्लेअफ पुगेको छ । सन २०१२ पछि दिल्ली  पहिलो पटक प्लेअफमा पुगेको हो ।

फिरोज शाह कोट्ला रंगशाला घरेलु टोली दिल्लीले दिएको १ सय८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनाउन सक्यो । बैंग्लोर १६ रनले पराजित भएको हो ।

१२ खेल मध्ये ८ खेल जीतेको दिल्ली १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

बैंग्लोरका लागि अविजित रहेका मार्कस स्टोनिसले ३२ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान पार्थिव पटेलले ३९ रन बनाए भने गुर्केराट सिंहले २७ रन बनाए ।

यस्तै, कप्तान विराट कोहलीले २३ रन, शिवम दुवेले २४ तथा ए भि डिभिलियर्सले १७ रन बनाएका थिए । बैंग्लोरविरुद्ध दिल्लीका स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए ।

कागिसो रबाडा, इशान्त शर्मा र शेरफाने रुथफोर्डले समान एक–एक विकेट लिए । दिल्लीबाट खेलेका सन्दीप् लामिछाने भने बैंग्लोरविरुद्ध महँगा सावित भए । उनले ३ ओभर बलिङ गरेर ३६ रन दिए । पहिलो ओभरमा १५ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा ११ रन खर्चे भने तेस्रो ओभरमा १० रन दिएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १सय८७ रन बनाएको थियो । दिल्लीका लागि शेरफाने रुथफोर्डले उत्कृष्ट ब्इाटिङ गरे ।

अविजित रहेका उनले १३ बलमा २८ रन बनाउँदै बैंग्लोरविरुद्ध लक्ष्य लम्ब्याएका थिए । यस्तै, दिल्लीका कप्तान श्रयस अयर र शिखर धवनले अर्धशतक प्रहार गरेका थिए । जसमा कप्तान अयरले ५२ रन र धवनले ५० रन बनाएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ५१ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै