स्रोत नखुलेको ४२ लाख ३० हजार रुपैयाँसहित दुई पक्राउ « Khabarhub

स्रोत नखुलेको ४२ लाख ३० हजार रुपैयाँसहित दुई पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– स्रोत नखुलेको ४२ लाख ३० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी घर भएका ३७ वर्षीय बिनोद तामाङलाई स्रोत नखुलेको रकम र विभिन्न बैंकका चेकसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलाई सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा.२१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा स्रोत नखुलेको २७ लाख रुपैयाँ फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिई उनको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ ।

साथै घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यार्ण्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लखिएको महालक्ष्मी बिकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकामध्ये सुमन घिमिरे उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौं र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरारसमेत रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति सुद्धिकरण बिभाग पुल्चोक, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  २ : ५२ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर