त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार « Khabarhub

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको उद्धार गरिएको हो । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो।

नेपाली सेनाले बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो।

उद्धार गरिएका व्यक्तिको अवस्था तथा थप विवरण सार्वजनिक हुन बाँकी छ।

सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार अभियान जारी राखेको छ।

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ९ : २० बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान