प्रदेश १ को राजधानी र नामका विषयमा बहस « Khabarhub

प्रदेश १ को राजधानी र नामका विषयमा बहस


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को नाम र राजधानीका विषयमा बहस शुरु भएको छ । प्रदेश सभाले सूचना प्रकाशित गरेरै सरकारसँग प्रस्ताव माग गरेको छ ।

प्रदेश १ को नामका विषयमा कोशी, सगरमाथा र किरातका विषयमा बहस भइरहेको छ ।

लामो समयसम्म सहमति हुन नसक्दा पछिल्लो समय सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभाले नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।

प्रदेशसभा सचिवालयका कानून अधिकृत मञ्जु खड्काका अनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव १९ वैशाखसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन अनुरोध गरिएको छ । दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ ।

प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ ९मोरङ० र धनकुटाले पनि माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ५५ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र