शिवरात्रिमा डोलेश्वर आएका साधुसन्तलाई बिदाइ « Khabarhub

शिवरात्रिमा डोलेश्वर आएका साधुसन्तलाई बिदाइ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ ।

शिवरात्रिमा विभिन्न स्थानबाट सो मन्दिर दर्शन गर्न आएका १६२ साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको मन्दिर संरक्षण समितिका मोहन बलले जानकारी दिए ।

साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराउने प्रचलनअनुसार ‘क’ वर्गकालाई नगद रु एक हजार १०५, ‘ख’ वर्गलाई नगद रु ७०५ र ‘ग’ वर्गलाई नगद ५०५ तथा प्रत्येकलाई कम्बल, धोती, ज्याकेट र एक थान रुमाल प्रदान गरिएको समितिले जानकारी दिएको छ ।

देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगी शिवरात्रिमा डोलेश्वर एकहप्तादेखि आएका थिए । विगतका वर्षमा ७५० जनासम्म साधुसन्तको आगमन हुने गरेपनि यसवर्ष भने कोरोना सङ्क्रमणका कारण कम आएको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ०० बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख