नेपालले खेल्ने विश्वकप छनोट फुटबलका बाँकी खेल कुवेतमा हुने « Khabarhub

नेपालले खेल्ने विश्वकप छनोट फुटबलका बाँकी खेल कुवेतमा हुने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा हुने भएको छ ।

एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह ‘बी’ का खेलहरु कुवेतमा हुने जनाएको छ ।

कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी छ । यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका थियो ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ ।

चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को युएई र समूह ‘एच’ दक्षिण कोरियामा हुनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक