तत्काल कांग्रेसको महाधिवेशन आवश्यकः नेता कोइराला « Khabarhub

तत्काल कांग्रेसको महाधिवेशन आवश्यकः नेता कोइराला


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीतपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन् ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ जीतपुरमा भएको कार्यक्रममा उनले कांग्रेस केन्द्र र प्रदेश कहीँ पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडि बढनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको अरोप लगाए । कांग्रेस केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, पूर्वराजदूत दीपकुमार उपाध्याय र सांसद अभिशेक प्रताप शाहले सरकारलाई जनताले नरुचाएको र कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाए ।

पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्वपार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेशसभा सदस्य रिना नेपाल, नेपाल विद्यार्थी सङ्घ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेललगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४४ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र