आहा रारा गोल्डकपमा ८ टोली भिड्ने « Khabarhub

आहा रारा गोल्डकपमा ८ टोली भिड्ने


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औं संस्करणमा ८ टोलीले सहभागिता जनाउने भएका छन् ।

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । प्रतियोगितामा १ विदेशी टोलीसहित जम्मा ८ टोलीको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।

प्रतियोगितामा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब, उपविजेता नेपाल पुलिस, थ्री स्टार, संकटा, मछिन्द्र, नेपाल एपिएफ, अफ्रिकन रुट एसोसिएसन (क्यामरुन ) र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।

यसपटक त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब जावलाखेल क्लब लगायतका क्लबहरू सहभागी नहुने भएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उप विजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १ : १५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक