मिहारिकालाई के भन्दैछ कवीरको मन ? « Khabarhub

मिहारिकालाई के भन्दैछ कवीरको मन ?


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘लम्फु’ फेम अभिनेता कवीर खड्का अभिनित भिडियो ‘भन्दैछ मन’ सार्वजनिक भएको छ । प्रेम विछोडमा तड्पिएको चरित्र निर्वाह गरेका कवीरलाई भिडियोमा मिहारिका आचार्यले साथ दिएकी छन् ।

प्रसिद्ध चुडालको एकल गायन रहेको उक्त गीतमा चुडालकै शब्द छ । उनलाई गीत लेखनमा विरोध बुर्लाकोटीले सहकार्य गरेका छन् ।

अभिनेत्री सारा सिरपालीसँग फिल्म ‘गुन्जन’ मार्फत् आउन लागेका कवीरले आफु फिल्म अभिनयमा नै लक्षित भएपनि ‘भन्दैछ मन’ गीत मन परेकोले खेलेको बताए ।

भिडियोमा प्रवेश पौडेलको निर्देशन छ । ‘अमेरिका ब्वाइज’ फिल्म निर्देशक प्रवेशको ‘भन्दैछ मन’ पहिलो म्युजिक भिडियो निर्देशन हो । चैत दोस्रो सातादेखि फिल्म ‘बिहे पास’ फ्लोरमा लैजान लागेका निर्देशक पौडेलले मेकरका लागि फिल्म निर्देशन गर्नु र भिडियो निर्देशन गर्नु दुवै सिर्जनात्मक अभिव्यक्ति नै भएकोले करिअरमा खासै फरक नपर्ने बताए ।

काठमाडौं आसपास छायांकन गरिएको भिडियोमा आलोक शुक्लाको छायांकन, नविन निरौलाको सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने