अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : डा रामशरण महत « Khabarhub

अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : डा रामशरण महत


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका नेता डा रामशरण महतले अनुशासनको पाठ खेलबाट सिक्नुपर्ने बताएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना युवा क्लबले आयोजना गरेको नवौँ आदर्श तथा चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको आज समापन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गरे ।

खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उनको भनाइ थियो ।

खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ३७ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न