मलाई मार्ने षडयन्त्र हुँदा पनि जनताले बचाइरहेका छन् : प्रचण्ड « Khabarhub

मलाई मार्ने षडयन्त्र हुँदा पनि जनताले बचाइरहेका छन् : प्रचण्ड


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई मार्न षडयन्त्र भए पनि जनताले बचाएको बताएका छन् ।

शनिबार एक पुस्तक विमोचनमा बोल्दै प्रचण्डले भने, ‘मलाई शत्रुले मार्न खोजे पनि जनताले बचाइरहेका छन् ।’

प्रचण्डले आफूले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको बताए ।

अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले लडेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएकी भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताए ।

पछिल्लो राजनीतितर्फ लक्षित गर्दै उनले कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जिकिर गरे।

‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन । मैले उठाएका मुद्दा स्थापित होस् भनेर मेरो लडाई जारी छ। मैले सिंगो जीवन जनताको अधिकारको पक्षमा लड्न समर्पण गरेको छु ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ४५ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न