पार्टी सभापतिबाहेक अरु पदमा उम्मेदवारी दिन्नँ : शेखर कोइराला | Khabarhub Khabarhub

पार्टी सभापतिबाहेक अरु पदमा उम्मेदवारी दिन्नँ : शेखर कोइराला


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।

नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए ।

मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनले आरोप लगाए ।

“संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ”, उनले भने, “वर्तमान परिवेशमा प्रतिनिधिसभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।”

नेता कोइरालाले पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक वा मध्यावधि जुनसुकै भएपनि निर्वाचन हुन आवश्यक रहेको बताउँदै अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यसतर्फ लाग्नु पर्नेमा जोड दिए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा युवा नेता विदुर तिम्सिना, जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्वजिल्ला सभापति विष्णुकुमार राई, हलेसी तुवाचङु नगरपालिकाका नगरप्रमुख इवन राई लगायतको उपस्थिति थियो ।

पार्टी कार्यकर्ता भेटघाटका लागि खोटाङ आएका नेता कोइराला लगायतको टोलीले हलेसीको दर्शन गर्नुका साथै पर्यटकीयस्थलको अवलोकन भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ४८ बजे

नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू)

काठमाडौं- यही शुक्रबार शनिबार काठमाडौं उपत्यकामा बागमतीसहितका नदीले विनाश र

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं– टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर– शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा