रियल मड्रिडले इल्चेलाई हरायो | Khabarhub Khabarhub

रियल मड्रिडले इल्चेलाई हरायो


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले इल्चेलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोलले हराएको हो । घरेलु मैदानमा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलले पुनरागमन जित निकालेको हो ।

खेलको ६१औँ मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २७ खेलमा ५७ अंक जोडेको छ । पराजित इल्चे २४ अंकसहित १७ औँ स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : २३ बजे

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता

किभ – अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन

काठमाडौं – वैभव सूर्यवंशीले ३१ बलमा ८६ रन प्रहार गरेपछि