विजय खड्गी स्मृति गोल्डकप चितवनमा « Khabarhub

विजय खड्गी स्मृति गोल्डकप चितवनमा


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ ।

जिल्ला फुटबल सङ्घको आयोजनामा स्व.विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।

यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्र भइरहेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारापिट निर्माणको काम भइरहेको जानकारी दिए । प्याराफिट तीन हजार दर्शक क्षमताको हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने सङ्घका महासचिव एवं प्रतियोगिताका सञ्चार संयोजक रामहरि ढकालले बताए ।

प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौँ, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश नं २ को वाग्मती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले रु पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले रु २० हजार तथा विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले रु १०–१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि रु २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर–१३ र अण्डर–१४ गरी दुई उमेर समूहका खेल खेलेका थिए ।

कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उनका एक छोरा छन् । प्रतियोगिताबाट बचेको रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : १५ बजे

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगे

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय