आर्सनलको संघर्षपूर्ण जित « Khabarhub

आर्सनलको संघर्षपूर्ण जित


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सीमित टोटेनहमलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।

खेलको ३३औँ मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

७६औँ मिनेटमा लामेलाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै आर्सनल २८ खेलमा ४१ अंकसहित लिगको दशौँ स्थानमा छ । टोटेनहम ४५ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : १५ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर